प्रदेश सरकारले पर्सामा थप ३२ चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने

वीरगञ्ज । प्रदेश २ सरकारले कोरोना महामारीले आक्रान्त पर्सा जिल्लामा थप ३२ जना चिकित्सक स्वास्थ्यकर्मी खटाउने भएको छ । नारायणी अस्पतालमा १९ जना र पोखरिया अस्पतालका लागि १३ जना चिकित्सक स्वास्थ्यकर्मी दिने निर्णय प्रदेश २ सरकारले गरेको हो ।

कोभिड–१९ महामारीको नयाँ भेरियन्ट पर्सामा तीव्र रुपमा फैलिरहेको छ । त्यसको रोकथाम नियन्त्रण र उपचारमा कमी हुन नदिने उद्देश्यले प्रदेश–२ सरकारले ३२ जना चिकित्सक स्वास्थ्यकर्मी छनौट गरी नारायणी र पोखरिया अस्पतालमा खटाउने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।

स्वास्थ्य कार्यालय पर्साले छिट्टै सूचना निकालेर चिकित्सक स्वास्थ्यकर्मीको भर्ना लिने र खटाउने उनको भनाइ छ । नारायणी अस्पतालमा कन्सल्टेन्ट एनेस्थेसिया अधिकृत नवौं तहको १ जना, मेडिकल अधिकृत आठौं ५ जना, स्टाफ नर्स ८ जना, एनेस्थेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिस्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना दिन लागिएको छ ।

पोखरिया अस्पतालमा मेडिकल अधिकृत आठौं २ जना, स्टाफ नर्स ६ जना, रेडियो ग्राफर १ जना, एनेस्थेसिया टेक्नोलोजिष्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना पठाइने प्रदेश सरकारले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्