बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा स्तनपान कक्षको शुभारम्भ

धादिङ,१३ भाद्र ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ। बच्चा सहित आउने सेवाग्राही र कर्मचारीहरुलाई लक्षित गरि गाउँपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको हो ।

आईतबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले स्तनपान कक्षको उदघाटन गर्नुभएको थियो ।
उदघाटन पछि पालिका अध्यक्ष थपलियाले महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता हटेको बताउनुभयो ।

पालिकाका सबै स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष संचालनको प्रक्रियामा अगाडी बढी सकेको स्वास्थ्य संयोजक शंकर बाबु दुवाडीले जानकारी दिनुभयो । सरकारले पालिका तथा प्रदेश कार्यालयहरुले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान ल्याएको छ। पछिल्लो समय स्वास्थ्य मन्त्रालयमातहतका स्वास्थ्य संस्था, अस्पतालले समेत धमाधम स्तनपान कक्ष स्थापना गरिरहेका छन् ।

तस्विरःबेनीघाट रोराङ गाउँपालिकाको फेसबुक पेजबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्