हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै

काठमाडौँ,१५ भाद्र ।
जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो ।

घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ ।

संरक्षित क्षेत्र ९ निकुञ्ज–आरक्ष० र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७ वर्षमा कम्तीमा दुई सयको मृत्यु भएको पाइएको छ । निकुञ्ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म झापामा मात्रै ३७ को मृत्यु भएको छ । यसैगरी बर्दियामा ३५, चितवनमा २०, सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा नौ/नौ धनुषा र सिन्धुलीमा आठ/आठ मोरङमा सात, सर्लाही र रौतहटमा छ÷छ, मकवानपुरमा तीन र कञ्चनपुरमा यही भदौ १३ गते एकको ज्यान गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जापुनका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैँडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरिएको भए पनि हात्ती नियन्त्रणको उपायमा भने ध्यान पुग्न सकेको छैन ।

घाइते हुने व्यक्तिहरका साथै बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० देखि ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ । मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा आठ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनीहरुको आउजाउ अनुगमन गरिरहेको सूचना अधिकारी पुर्जापुनले बताउनुभयो।

हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारणले खण्डीकृत हुँदै गएको तथा हात्ती हिँड्ने बाटो ९करिडोर० कृषिकर्म, सहरको विस्तारलगायतका कारण अतिक्रमणमा परेका कारण जङ्गली हात्ती मानवीय वस्तीमा पस्ने र बितण्डा मच्चाउने गरेको अनुमान गरिएको छ । सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर–दोहोरमा समस्या आएको बिज्ञहरुको बुझाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्