नेवाः पत्रकार राष्ट्रिय दवुः धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ

धादिङ,१५ भाद्र ।
नेवाः पत्रकार राष्ट्रिय दवुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन भएका छन् । संघको आज सम्पन्न तेस्रो अबिधेशन बाट सन्तोषराज श्रेष्ठ सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम डंगोल,सचिवमा लक्ष्मी शाक्य, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा कल्पना श्रेष्ठ, शुरेश श्रेष्ठ र सुमन श्रेष्ठ रहेका छन् । त्यसैगरी अबिधेशनले केन्द्रिय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, अर्जुन श्रेष्ठ र प्रदेश प्रतिनिधिमा काजि श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शाक्य र सुस्मिता श्रेष्ठलाई सर्वसहमत चयन गरेको छ ।

अधिबेशनको बन्द सत्रमा सचिवद्धारा प्रस्तुत प्रगती प्रतिवेदन तथा कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ र वडा न ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नव निर्वाचित अध्यक्ष सन्तोषराज श्रेष्ठले आफ्नो प्रतिवद्धता मन्तब्यको क्रममा आफ्नो कार्यकालमा एक अक्षयकोषको स्थापना गरी क्रियाशिल नेवाः पत्रकार पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्