धादिङका ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ८७ जना

धादिङ,१८ भाद्र ।
धादिङमा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा गरिएको १९ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ४ जना र धादिङ अस्पतालमा २ जना गरी जिल्लामा ६ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यस्तै १९ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल धादिङमा सक्रिय संक्रमित ८७ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्