थप दुई सय जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

धादिङ,१८ भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा थप दुई सय जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३७ को नमूना परीक्षण गरिएको थियो । १ हजार ३८१ ले पिसिआर र २ हजार १५६ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ३३९ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार १०३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ रहेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्