रामकोट बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

धादिङ,१८ भाद्र ।
रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिका–८ अवस्थित सहकारीको शनिबार न्यु किवो बोर्डिङ स्कुलको प्राङ्गणमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य तथा उप प्रमुख दिपक विश्वकर्मा, सहकारीका सल्लाहकार दिपक कोइराला, धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सहकारीले साधारण सभाको अवसरमा असल ऋणीहरुलाइ पुरस्कृत गरेको छ ।

सम्पुर्ण शेयर सदस्यहरु मध्येबाट असल बचतकर्ता तथा असल ऋणी ५/५ जना, असल बचत समूह, असल ऋणी समुह १÷१ वटा,सदस्यता विस्तार तथा सहकारीको प्रचारप्रसार अभियानमा उल्लेखनीय योगदान पु¥याउने सदस्य १ जना, उत्कृष्ट कर्मचारी १ जना,उत्कृष्ट उपसमिति ३ जना, उत्कृष्ट संचालक १ जनालाई सम्मान गरिएको छ । साथै सम्पुर्ण शेयर सदस्यहरु बाट लक्की ड्र मार्फत पहिलो चरणमा ३ जनालाइ १/१ हजार, दोस्रो चरणमा २ जनालाई १५/१५ सय र तेस्रो चरणमा १ जनालाई २ हजार प्रदान गरिएको संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा निलकण्ठ नगरपालिकाको १४ वटै वडाका वडाध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार श्रेष्ठले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो । २०६६ सालमा स्थानीय स्तरमा केही युवाहरु मिलेर सुरु गरेको सहकारीमा हाल २ हजार १९७ जना सेयर सदस्यहरु रहेका छन । सहकारीको कुल सम्पत्ति ११ करोड ५ लाख ७६ हजार ८ सय २५.९३ रहेको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्