नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ

धादिङ,१८ भदौ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ(माझघरे) निर्विरोध निर्वाचित हुनुभएको छ ।संस्थाको शनिवार सम्पन्न भेलाले राजकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरीएको हो ।संस्थाको उप–सभातिमा शान्त बिक्रम बाँनिया,उप–सभापतिमा डा.रामहरी रेग्मी,सचिवमा विष्णुलाल श्रेष्ठ, सह–सचिवमा डा. रामचन्द्र रिजाल र सह कोषाध्यक्षमा दिप सिंह ठकुरी निर्बाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा उर्मीला श्रेष्ठ,गोगनमायाँ प्रधान,नारायणलाल श्रेष्ठ,बोध प्रसाद नेपाल र भेषराज खाँण ठकुरी निर्वाचित हुनुभएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका निर्वतमान सभापति कृष्णलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारी,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला लगायतको आतिथ्यता रहेको थियो ।

सभापतिमा निर्वाचित भएपछि राजकुमार श्रेष्ठले संस्थालाई थप मजबुत बनाउन र स्थानीय तहसँग सहकार्य गरी मुटु रोग सम्बन्धी जनचेतना फैलाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुटु रोगको रोकथामको लागि जिल्लाका विभिन्न स्थानमा क्याम्प सन्चालन गर्ने भन्दै उहाँले महिनाको एक पटक मुटुरोग विशेषज्ञबाट जिल्ला अस्प्तालमै मुटुरोगको उपचारको व्यवस्था मिलाउन सहजिकरण गर्ने बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्