नेपाल रेडक्रस सोसाइटी ६० औँ स्थापना दिवसमा १०७ जनाद्धारा रक्तदान

धादिङ,१९ भाद्र ।
नेपाल रेडक्रस सोसाइटी ६० औँ स्थापना दिवस र नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आईतबार नेपाल रेडक्रस सोसाइटी निलकण्ठ युवा रेडक्रस सर्कल र निजामती कर्मचारी युनियन धादिङको सयुक्त आयोजनामा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा ३१ म्हिला र ७६ पुरुष गरी १०७ जनाले रक्तदान गरेका छन् । बिहान ६ बजे देखि ११ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

यस्तै स्थापना दिवसकै अवसरमा एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठले ५४ औं पटक रक्तदान गर्नुभएको छ। श्रेष्ठले तीन–तीन महिनामा रक्तदान गर्दै आउनुभएको छ। उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ ।

May be an image of 1 person and sitting

नेपाल रेडक्रम सोसाइटी धादिङ शाखामा आबद्ध श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

May be an image of 7 people, people sitting and indoor
May be an image of 5 people, people standing and outdoors
May be an image of 7 people, people sitting and outdoors
May be an image of 7 people, people sitting and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्