नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाद्धारा जनप्रतिनिधिहरुलाई सम्मान

धादिङ,१९ भाद्र ।
नेपाल रेडक्रस सोसाइटीको ६० औँ स्थापना दिवसको अवसरमा धादिङको १३ वटै पालिकाका जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।आईतबार रेडक्रसको धादिङ शाखाले रेडक्रसको सदस्य भई स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको हो ।

रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद जगत सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी,धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, रुवीभ्याली गाउँपालिका अध्यक्ष, रामसिं तामाङ, नेत्रावती डवजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, खनियाबास गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परोपकारी संस्थाका रुपमा स्थापना भएको रेड्क्रसले हालसम्म गर्दै आएको सामाजिक तथाा परोपकारी कार्यहरुका बारेमा चर्चा गरिएको थियो ।

तस्विर : धादिङपोष्ट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्