नेत्रावती डबजोङमा सिकाई आदान प्रदान सम्बन्धी कार्याशाला गोष्ठि

धादिङ,२० भाद्र ।
नेत्रावती डबजोङ गाउँपालिकामा पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।

No description available.

सोमबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सितामाया गुरुङको प्रमुख आतिथ्य तथा वडाअध्यक्षहरु, सुआहाराका चिरन्जिवि दाहाल,एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगाना, स्वयमसेविका, हजारदिने आमा लगायतको उपस्थिति रहेको थियो ।

No description available.

स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र सुआहाराका निर्देशक चिरन्जिवि दाहालले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वास्थ्य तथा पोषण सम्बन्धी मुख्य सूचकहरुको अवस्था, उपलब्धी र सिकाईबारे प्रस्तुतिकरण, हालसम्म प्राप्त नतिजा, उपलब्धी र सिकाई सम्बन्धी प्रस्तुतिकरण, प्रतिबद्धताहरुको समिक्षा , मुख्य समस्या, चुनौती र आगामी प्राथमिकताबारे समुहगत छलफल गरिएको थियो ।

No description available.

गाउँपालिकाले स्वास्थ्य तथा पोषण सम्बन्धी क्षेत्रमा उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी कार्यक्रमको लागि ६ लाख, गर्भवती तथा सुत्केरी पोषण भत्ता ४ लाख, गर्भवती तथा सुत्केरी आकस्मिक एम्बुलेन्स यातायात बापत ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो। पोषण कार्यक्रम सुधार गर्नको लागि थप पहल गर्ने रिजालले बताउनुभएको छ ।

No description available.

चालु आर्थिक वर्षमा गर्भ जाँच, सुत्केरी जाँच, बालबालिकालाई भिटामीन ए, जुकाको औषधी, बाल भिटा, गर्भवती तथा सुत्केरीलाई आईरन फोलिक एसिड र क्याल्सियम लक्ष्य अनुसारको प्रगति गर्नको लागि सबै स्वास्थ्य संस्थाबाट पहल गर्ने निर्णय भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवम सूचना अधिकारी पौडेलले बताउनुभयो । गाउँपालिकामा विगत ३ वर्षको तथ्याङक हेर्दा पोषण कार्यक्रम सुधार भएको पौडेलले बताउनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्