नेत्रावती डवजोङमा आँखा शिविरः ३४९ ले लिए लाभ, २८ जनामा मोतियाबन्दु

धादिङ,२२ भाद्र ।
नेत्रावती डवजोङ गाउपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गाउँपालिकाकोे आयोजना तथा तिलगंगा आंखा प्रतिस्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सोमबार र मंगलबार भएको आँखा शिविरबाट ३४९ आँखाका बिरामीले सेवा लिएका छन् ।

भाद्र २० गते सोमबार गैह्रा सामुदायिक स्वास्थ्य ईकाईमा संचालन भएको शिविरमा ६८ जना पुरुष र ४८ जना महिला गरि ११६ जनाले आंखा जाच गराएका थिए । उक्त स्थानमा भएको आँखा जाँचको क्रममा १४ जनामा मोतियाबन्दु भएको भेटिएको थियो । शिविरमा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह,सुचना अधिकारी कृष्ण बहादुर पौडेलले अवलोकन गरेका थिए ।

त्यसै गरी भाद्र २१ गते नेत्रावती डवजोङ अस्पताल भोग्टेनीमा भएको शिविरमा ८४ जना पुरुष र १४९ जना महिला गरि २३३ जनाले आँखा जांच गराएका थिए । जसमा १४ जनामा मोतिया बिन्दु भएको पाएको छ । शिविरलाई धादिङ सामुदायिक आखा केन्द्रका प्रमुख रामसिङ तामाङले नेतृत्व गरेका थिए ।

शिविरमा मोतियाबन्दु देखिएका २८ जनालाई यहि भाद्र २७ र २८ गते धादिङ सामुदायिक आखा केन्द्रमा शल्यक्रिया गरिने र उक्त २८ जनालाई आवत जावत खर्च गाउँपालिकाले व्यहोर्ने स्वास्थ्य शाखा प्रमुख एवम सुचना अधिकारी पौडेलले बताउनु भयो ।

शिविरमा नेत्रावती डवजोङ गाउपालिका र नुवाकोटको म्यागाङ गाउपालिकाका बासिन्दाहरुले सेवा लिएका थिए ।प्रत्येक बर्ष नियमित रुपमा गरिदै आएको शिविरलाई यस आर्थिक बर्षको सुरुवातमा नै गाउंबासीको मागलाई मध्यनजर गर्दै संचालन गरिएको सुचना अधिकारी पौडेलले बताउनु भयो । शिविर अवलोकन पश्चात गाउँपालिकाका अध्यक्ष रिजालले गाउपालिकाको बस्ती बस्तीमा आगामी दिनमा शिविर संचालन गर्दै जाने बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्