धादिङबेशीमा ३७ जनाद्धारा रक्तदान

धादिङ,२२ भाद्र ।

निजामती सेवा दिवस २०७९ को अवसरमा धादिङबेशीमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

बुधबार कर्मचारी मिलन केन्द्र धादिङको आयोजना तथा धादिङ अस्पतालको सहकार्यमा धादिङ अस्पताल परिसर रक्त संचार सेवा केन्द्र धादिङको भवनमा भएको रक्तदान कार्यक्रममा ७ महिला र ३० पुरुष गरी ३७ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

May be an image of 6 people and people sitting
May be an image of 6 people and people sitting
May be an image of 13 people, people standing and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्