सुनको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुन आज पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले घटेर आज १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्