डेभलपमेन्ट बैंकर्स संघले भन्यो, वर्क फ्रम होम लागु गरौँ

कोरोना भाइरस (कोभिड्–१९) को दोस्रो लहरको असर बढ्दै गएपछि डेभलपमेन्ट बैंकर्स संघले पनि आफ्ना सदस्य बैंकलाई कर्मचारीलाई वर्क फ्रम होमबाट कार्य गराउन आग्रह गरेको छ । प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होम को माध्यमबाट कार्य गराउन संघका अध्यक्ष प्रद्युम्न पोखरेलले आग्रह गरेका छन् । सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि आवश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने व्यवस्था गर्नुपर्ने संघको भनाइछ । संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न आफ्ना ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्नुपर्ने संघको ठहर छ संघले दिएको पछिल्लो निर्देशन यस्तो छ ।

–      ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्ने,

–      प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क​फ्रम होम को माध्यमबाट कार्य गर्ने गराउने,

–      सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने,

–      ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने,

–      संभव भएसम्म डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने,

–      आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने,

–      नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन ÷नेपाल सरकारले दिएको निर्देशन पूर्णतया पालना गर्ने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्