धादिङका थप १८ जनामा कोरोना संक्रमण, १७ संक्रमित डिस्चार्ज

धादिङ,२२ भाद्र ।
धादिङका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा गरिएको ५९ एन्टिजेन परिक्षणमध्ये निलकण्ठ नगरपालिकामा १५ जना, ज्वालामुखी गाउँपालिकामा २ जना , धुनिबेसी नगरपालिकामा १ जना गरी जिल्लामा १८ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

यस्तै जिल्लाका १७ संक्रमित डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ८२ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्