पछिल्लो २४ घण्टामा २ सय ३० जनामा कोभिड संक्रमण

धादिङ,२२ भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८३६ को नमूना परीक्षण गरिएको थियो । १ हजार ९५६ ले पिसिआर र १ हजार ८८० को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा ७८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार ७८१ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय ५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्