गत ५ महिनामा ३ सय ९ वटा नयाँ उद्योग दर्ता 

धादिङ,२३ भाद्र ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनामा ३ सय ९ वटा नयाँ उद्योग दर्ता भएकोबताउनुभएको छ । आज मन्त्रालयकोे ५ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सो सङ्ख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको मन्त्री बडूको भनाई छ । यसमध्ये विदेशी लगानीका २ सय ९५ उद्योगमार्फत ५४ अर्ब १५ करोड लगानी हुने र १६ हजार ९ सय नयाँ रोजगारी सिर्जना हुने सार्वजनिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

यस्तै, यो अवधिमा २९ हजार ४४ नयाँ नयाँ कम्पनी दर्ता भएका छन् भने ८६ हजार २ सय ७२ वटा कम्पनी अद्यावधिक भएका छन् । यस्तै उहाँले नेपालको कुल मागको ९० प्रतिशत सिमेन्ट उत्पादन भएको समेत बताउनु भएको छ ।

केही उद्योगबाट उत्पादित सिमेन्ट निर्यात पनि हुन थालेको मन्त्री बडूले भनाइ छ । उद्योग विभागले ३७ वटा औद्योगिक डिजाइन तयार पारेको छ भने २ हजार ९ सय ७५ वटा ट्रेडमार्क दर्ता गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्