सामाजिक संजालको प्रचार सकारात्मक बनोस् ।

धादिङ,२४ भाद्र ।
पछिल्लो साता धादिङको जिल्ला समन्वय समितिले जिल्लाको एक स्थानीय तहलाई गाडि फिर्ता गरेको विषयले चर्चा पाएको छ । लामो समयदेखी जिल्ला समन्वय समितिले संचालन गरेको यातायातको साधन फिर्ता गर्न आफूहरु सफल भएको भन्दै धादिङ स्थित सिद्धलेक गाउँपालिकाका राजनीतिककर्मी देखी स्थानीय अगुवाहरुले त्यसको जस आफुले पाउनुपर्ने बताउँदै सामाजिक संजालमार्फत सार्वजनिक गरिरहेका छन् ।

अहिले जस जसले जे जे कार्यक्रम सम्पन्न गर्छन, कहीँ सविनय अनुरोध गर्छन, सम्पत्ति कमाउछन् या सानातिना गतिविधिदेखी सामान्य प्रकारका नतिजाहरु हात पार्छन उनीहरु अधिकाँशले सामाजिक संजाल मार्फत खुसी बाँड्ने गरेका छन् । समाजमा सकारात्मक सोच दिने वा चेतना बढाउने खालका विषयहरु छन् भने यस्ता क्रियाकलाप राम्रो पक्ष पनि हो तर, सबै खालका गतिविधिहरु सार्वजनिक गर्दा कतिपय अवस्थामा भने राम्रो पक्ष मानिदैन ।

सामाजिक संजालमा सबै कुराहरु सार्वजनिक गर्नु राम्रो होइन यसले केही कुरामा फाइदा त केही कुरामा बेफाइदा पुग्न सक्छ । केही अबस्थामा समाजलाई फाइदै पुगे पनि कतिपय अवस्थामा व्यक्तिगत रुपमा वेफाइदा पुग्न सक्छ यसर्थ माजिक संजालमा प्रयोग गर्ने वा प्रसार गर्ने विषयहरुको सम्बेदनशीलता हेरेर पोष्ट गर्न जरुरी हुन्छ ।

समाजमा सकारात्मक सोच आउने, सरकारी सम्पत्तिको सदुपयोग हुने, वातावरण पर्यावरणमा भूमीका खेल्ने लगायतका विषयहरुले सामाजिक संजालका प्राथमिकता पाउँदा एउटा ठाउँ विशेष मात्रै नभई सिंगो ठूलाबडाहरुले गरिरहेका परम्परागत क्रियाकलापलाई समेत रोक्न महत्वपूर्ण भूमीका खेल्न सक्छ, त्यसको एउटा उदाहरणको रुपमा गाडि फिर्ता लगायतका विषयबस्तुलाई लिन सकिन्छ ।

यसअघिदेखी जिल्ला समन्वय समितिका पदाधिकारीहरुले कुन गाउँपालिकाको नाममा रहेको सवारी साधन प्रयोग गरे भन्ने खुलेको थिएन सामाजिक सजालमा एउटा एउटा गरी त्यसको वेलिविस्तार खुलेको थियो, त्यो मानेमा सामाजिक संजाललाई सचेतिकरणको लागि भूमीका खेल्ने एउटा पक्षको रुपमा पनि लिन सकिन्छ।

अहिले कतिपय सरकारी कार्यालयका गाडि, मोटसाइकल तथा अन्य सामग्रीहरु व्यक्तिगत वा संस्थागत रुपमा अरुले नै चलाइरहेको पाउन सकिन्छ । सेतो प्लेटलाई रातो बनाउनेदेखीको मनपरिे तरिकाले कतिपय अवस्थामा दुरुपयोगकै शैलि प्रयोग भैरहेका हुन सक्छन् । यि खालका समस्या समाधानका लागि सामाजिक संलाजकर्ताहरुले भूमीका खेलिरहेको पाउन सकिन्छ भने अझ यसलाई प्रभावकारी बनाउनुपर्नेछ ।

सार्वजनिक स्रोत तथा साधनको दुरुपयोग हुनबाट रोक्नका लागि सामाजिक संजाल प्रयोगकर्ताहरुले अझै भूमीका खेलुन् । व्यक्तिगत विषयलाई निरुत्साहित गर्दै लग्ने र सामाजिक, सांस्कृतिक तथा शुसाशनका पक्षहरुलाई ध्यान दिदै आगामी दिनको यात्रा प्रारम्भ गर्नु पर्छ यसले समाजमा दिर्घकालीन फाइदा पु¥याउन सहयोग गर्नेछ ।

पछिल्लो समय सार्वजनिक महत्व राख्ने कतिपय सम्पत्तिहरुको सदुपयोगका लागि केहीले निरन्तर रुपमा काम गरिरहेकाहरुलाई सरकार वा सम्वन्धित सरोकार राख्ने अधिकारीहरुले समेत ध्यान दिने र राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने वातावरण तयार गर्ने मात्रै वातावरण बनाउने र नराम्रा काम गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्ने हो भने यो अभियानले सिद्धलेकको गाडि फिर्ता गरे जस्तै सार्थकता पाउनेछ सरोकारवालाहरुको ध्यान निरन्तर खबरदारी र सकारात्मक सोँचतर्फ जाओस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्