धादिङ,२४ भाद्र ।
धादिङमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार जिल्लामा गरिएको १९ एन्टिजेन परिक्षणमध्ये निलकण्ठ नगरपालिकामा ७ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना गरी जिल्लामा ९ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।
यस्तै जिल्लाका ७ संक्रमित डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ७६ जना रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।