देशभर थप १५२ जनामा कोभिड संक्रमण पुष्टि, २ जनाको मृत्यु

धादिङ,२४ भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २९४ को नमूना परीक्षण गरिएको थियो । १ हजार १८६ ले पिसिआर र २ हजार १०८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १३३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार ८२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ४८ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १२ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्