शुक्रबार धादिङका ९ जनामा संक्रमण पुष्टि, ७ संक्रमित निको

धादिङ,२४ भाद्र ।
धादिङमा आज  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार जिल्लामा गरिएको १९ एन्टिजेन परिक्षणमध्ये निलकण्ठ नगरपालिकामा ७ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना गरी जिल्लामा ९ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

यस्तै जिल्लाका ७ संक्रमित डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ७६ जना रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्