भोलि शनिबार पनि धादिङका यी क्षेत्रमा विद्युत अवरुद्ध हुने

धादिङ,२४ भाद्र ।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार देविघाट देखि धादिङबेशी र जहरे सवस्टेशनसम्म प्रशारण गरिएको ३३ के.भि लाइनको बुद्धसिङघाट देखि तारुकाघाट सम्ममा लाइन पेट्रोलिङ, मर्मत सम्भार तथा लाइन आसपास रहेका वास, घाँस तथा रुखका हागाविगा हटाउने कार्य गर्नुपर्ने भएकोले बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

उक्त समयमा धादिङबेशी जहरे तथा सल्यान्टार सबस्टेशनबाट सप्लाई हुने क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्