नीलकण्ठ नगरपालिकामा भुमिहिन तथा अव्यवस्थित वसोवास व्यवस्थापन सम्बन्धी छलफल

धादिङ,२५ भाद्र ।
धादिङको नीलकण्ठ नगरपालिकामा भुमिहिन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तह स्तरीय भुमिहिन तथा अव्यवस्थित बसोबासी व्यावस्थापन सहजीकरण समितिका उप संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १४ वडाका अध्यक्ष,विभिन्न राजनीतिक दलका प्रमुख लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भुमि आयोग धादिङका अध्यक्ष कृष्ण अर्यालले विषयबस्तुमाथि सहजिकरण गर्नुभएको थियो । भुमीहिन सुकुम्बासी, भुमिहिन दलितहरुको भुमि समस्या र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्न नेपाल सरकारले गठन गरेको राष्ट्रिय भुमी आयोग र नीलकण्ठ नगरपालिकाबीच सम्झौता भए पश्चात नीलकण्ठ नगरपालिकामा अहिले तथ्यांक संकलन गर्ने कार्य भईरहेको छ।

नीलकण्ठको सबैभन्दा बढी वडा नम्बर ८ बाट निवेदन संकलन भएको छ । अहिलेपनि वडामा गएर निवेदन दिन सकिने भुमी आयोग धादिङका अध्यक्ष अर्यालले बताउनुभयो ।

वडा स्तरमा वडा अध्यक्ष स्वयंको अध्यक्षतामा यस समितिको भईसकेको छ। वडा स्तरिय समितिमा वडा अध्यक्ष समितिका अध्यक्षको रुपमा रहनेछन् भने वडाका दलित महिला सदस्य, वडा सदस्य र भुमिहिन समुह/संघ संस्थाका प्रतिनिधिहरु सदस्यको रुपमा रहने व्यवस्था छ ।

यस समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान,लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्ने गर्दछ।

अन्य जिल्लामा लालपुर्जा वितरण सुरु भईसकेको भन्दै अब नीलकण्ठ नगरपालिकामा पनि तथ्यांक संकलन तथा प्रमाणीकरण गरेपछि प्रक्रिया पुर्याएर लालपुर्जा वितरणको कार्य गर्नुपर्ने अर्यालले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्