जिल्ला प्रथम सिलवाल सहित कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

धादिङ,२५ भाद्र ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा २०७९ जेठमा सन्चालित कक्षा १२ को बार्षिक परिक्षामा (३.८१ जि.पी.ए) ल्याई जिल्ला प्रथम हुन सफल विवशा सिलवाल सहित अन्य विद्यार्थीहरुलाई सम्मान गरीएको छ ।

चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालय तथा सिपी कलेजको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी १२ कक्षाको परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरीएको प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बधाई तथा सम्मान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।

नीलकण्ठ नगपालिकाका शिक्षा अधिकृत(उप सचिव) नारायण प्रसाद वाग्लेको विशेष आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ,क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शान्त विक्रम बाँनिया लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी दिपक विश्वकर्माले शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदानलाई प्रशंसा गर्दै प्राविधिक शिक्षालाई जोड दिनको लागि आग्रह गर्नुभयो ।यसैगरी कार्यक्रममा क्याम्पस व्यववस्थापन समितिका अध्यक्ष शान्त विक्रम बाँनियाले सिपी कलेजको प्रतिस्पर्धा आफै भित्र रहेको बताउनुभयो ।

गत बर्ष १२ कक्षाको रिजल्टमा पनि सिपी कलेजबाटै भएको भन्दै यसबर्षपनि आफ्नै कलेजको विद्यार्थीले जिल्ला टप गर्न सकेको भन्दै उहाँले परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुभकमना दिनुभयो ।

विद्यालय सन्चालनको लागि अभिभावकले महत्वपुर्ण भुमिका खेलेको भन्दै उहाँले कानुनी रुपमा विद्यालयसँग भएको सम्पत्ति फाउण्डरसँग रहनेभएपनि यो सबै सम्पत्तिको हिस्सेदार अभिभावकहरुको भएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमकै अवसर पारेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत गरीएको थियो ।जिल्ला प्रथम हुन सफल वविता सिलवाललाई शिक्षकहरुको तर्फबाट नगद सहित पुरस्कृत समेत गरीएको थियो । हाल चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय तथा सिपी कलेजमा १३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्