घरमै बसेर ईद मनाउन संस्कृतिमन्त्री ढकालको अनुरोध

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले हिजरी संवतको रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायमा एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) पर्व घरमै बसेर मनाउन मुस्लिम समुदायसँग अनुरोध गर्नुभएको छ । ईदको शुभकामना दिँदै मन्त्री ढकालले यस्तो अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘आज हिजरी संवतको रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायमा एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) पर्व मनाइदै छ । यस पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा रहेको सन्दर्भमा संक्रमणको जोखिमलाई ध्यान दिँदै घरमै बसेर ईद मनाउन सबैलाई अनुरोध गर्दछु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्