७५ जिल्लामा डेङ्गी, ८ हजार ३२७ जना बिरामी

धादिङ,२६ भाद्र ।
गत साउन देखि नेपालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या ८ हजार ३ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालका ७५ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिइ सकेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २ सय ५ जना डेङ्गीका बिरामी पहिचान भएको छ ।नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गी देखिएको थियो । त्यसयता बर्सेनि डेङ्गीको सङ्क्रमण देखिंदै आएको छ । यस वर्ष भने प्रकोपकै रूपमा फैलिन थालेको छ ।

सरकारले डेङ्ंगीको प्रकोप देखिएका जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । विशेष गरेर डेङ्ंगीको सङ्क्रमण देखिएका सातै प्रदेश, ७५ वटै जिल्ला र १३९ स्थानीय तहमा अभियान शुरू गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्