सांसदहरूको कार्यकाल आगामि असोज १ गते सकिने

काठमाडौ,२६ भाद्र ।
२०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरूको कार्यकाल आगामि असोज १ गते सकिने भएको छ ।

असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरूलाई बिदाई गर्ने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात २०७४ मङ्सिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरू पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए ।

प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निक्र्यौल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरूलाई बिदाइ गर्न लागिएको हो । १ गते अन्तिम बैठक राख्ने र त्यसपछि सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ ।

त्यसअघि भदौ २९ गते पनि संसदको बैठक राखिएको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्