खनियाबास गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता बृद्धि तालिम

धादिङ,२७ भाद्र।

खनियाबास गाउपालिकाले गाउपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता बृद्धि तालिम दिएको छ । आज धादिङबेशी स्थित आर.के होटलमा एक कार्यक्रम बिच उक्त तालिमको उद्घाटन गरिएको हो ।

गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा कोलेनिका धादिङका प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माको बिशेष आतिथ्यता रहेको थियो ।

भोली सम्म संचालन हुने उक्त तालिममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्थानिय सरकार र सुशासन सम्बन्धी अभिमुखिकरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माले सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आर्थिक ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण गर्नु भएको हो ।

त्यसै गरी कार्यक्रममा सह प्राध्यापक मिलन श्रेष्ठले स्थानिय सरकार संचालन सम्बन्धि सेसन संचालन गर्नु भएको थियो । गाउपालिका बाट प्रवाह गरिने सेवालाई चुस्त दुरुस्त बनाई सेवामा थप प्रभावकारी बनाउन सहयोग पुगोस भनेर यस किसिमको तालिमको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीले बताएका छन ।No description available.No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्