पछिल्लो २४ घण्टामा थपिए १७९ कोरोना संक्रमित, १७१ जना निको

धादिङ,२७ भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९५९ को नमूना परीक्षण गरिएको थियो । २ हजार ६०० ले पिसिआर र २ हजार ३५९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा १७१ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार ५८४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्