धादिङमा डुबेर एक जनाको मृत्यु

धादिङ,२९ भाद्र ।
धादिङमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार ताल्ती खोलास्थित मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा बेनीघाट रोराङ गाउँपालिका वडा नं १ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्