राष्ट्रिय बाल दिवसको अवसरमा रामकोट सहकारीद्धारा बाल बचतकर्तालाई स्टेशनरी सामग्री वितरण

धादिङ,२९ भाद्र ।
आज ५८ औं राष्ट्रिय बाल दिवस,दिवसको अवसरमा धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।  दिवसकै अवसरमा नीलकण्ठ–८ साँघुटारमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

सहकारीले आजदेखि असोज ५ गते सम्म (कार्यालय समय र बिदाका दिन बाहेक) बाल बचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गर्ने जनाएको छ । बाल बचतकर्ता स्वयम् वा सम्बन्धित अविभावक पासवुक सहित आएर स्टेशनरी सामग्री बुझिलिन सम्पूर्ण बाल बचतकर्ता एव अविभावक सदस्यहरुलाई सहकारीले अनुरोध गरेकोे छ ।

स्टेशनरी सामग्री वितरण कार्यक्रममा सस्थाका अध्यक्ष लगायत सम्पुर्ण कर्मचारी, कार्य समिति, उप समितिहरुको उपस्तिथी रहेको थियो । “बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ देशैभर बाल दिवस मनाइएको छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्