यस वर्षको मदन पुरस्कार विजेता नवराज लंसाललाई धादिङबेशीमा सम्मान(फोटो फिचर)

धादिङ,२९ भाद्र ।
यस वर्षको मदन पुरस्कार विजेता नवराज लंसाललाइ गृह जिल्ला धादिङ मासम्मान गरिएको छ । बुधबार नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङले संयुक्त रुपमा मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक लंसाललाइ सम्मान गरेको हो।

लंसाललाइ धादिङवेशी पुछारबजारबाट ¥यालीको आयोजना गरि विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, साहित्यप्रेमी तथा आमनागरिकहरुले भव्य स्वागत गरेका थिए । लंसाललाइ धादिङवेशी टोल सुधार समितिका पदाधिकारीहरु,सदरमुकाम आसपासका विद्यालयहरु र नीलकण्ठ नगरपालिका वडा नं–३ ले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेका थिए । लंसालको स्वागत र सम्मानमा पुछारबजारबाट निकालिएको ¥याली नीलकण्ठ नगरपालिकाको हलमा पुगेर सभामा परिणत भएको थियो ।

नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा भएको अभिनन्दन समारोहमा नेपाल प्रेस युनियन, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङ र भानु प्रतिष्ठान धादिङद्धारा लंसाललाइ दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो । धादिङको माटोमा जन्मिएर नेपाली साहित्यमा यो किसिमको उचाइ हाँसिल गर्न सफल भएकाले सम्मान कार्यक्रमको आयोजना गरिएको युनियनका अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लंसालले पु¥याउनुभएको योगदान तथा लंसालको लेखनशैली र अग्नि महाकाब्यको विषयबस्तुको बारेमा चर्चा गर्नुभएको थियो । अभिनन्दन समारोहमा बोल्दै लंसालले गृहजिल्लामा पाएको यो भब्य सम्मानले आगामी दिनमा यस्ता पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताउनुभयो ।

मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कारको राशि ४ लाख रुपैयाँ छ। तर्क तथ्य र मधुर भावहरुको गुञ्जन ‘अग्नि’ महाकाव्य कवि नवराज लम्सालको तेस्रो महाकाव्य कृति हो । डा. लम्साल वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका निर्देशक तथा कार्यक्रम महाशाखा प्रमुख हुनुहुन्छ । लम्सालका कर्ण, धरा र अग्नि ३ महाकाव्य लगाएतका बिभन्न पुस्तक प्रकाशित छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्