टोरेसको ह्याट्रिकमा न्युकासलमाथि म्यान सिटीको जित

ईङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।

शुक्रबार राती न्युकासलको घरेलु मैदानमा सम्पन्न खेलमा म्यान सिटीले ४-३ को जित निकालको हो । सिटीको जितमा फर्नान्डो टोरेसले ह्याट्रिक पुरा गर्दा जोओ क्यान्सलोले एक गोल थपेका हुन् ।यस्तै घरेलु टोली न्युकासलका तर्फबाट एमिल क्राफ्टो, जोएल्टन र जो विलोकले एक एक गोल गरेक हुन् । खेलको २५ औं मिनटमा इमिलले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।न्युकासलको अग्रता धेरै समय टिक्न सकेन । ३९ औं मिनटमा सिटीका जोआले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा फर्काए । ४२ औं मिनटमा टोरेसले गोल गरेपछि सिटी २-१ ले अघि रह्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्