धादिङका ३० विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट (विवरणसहित)

धादिङ,३० भाद्र ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा धादिङका ३० सहित देशभरका ३ हजार ४ सय ७५ सार्वजनिक विद्यालय छनोटमा भएका छन्। बुधबारको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४ सय ७५ विद्यालय विद्यालय छनोट गरेको हो।

कार्यक्रमका लागि धादिङबाट छनोट हुनेमा सबैभन्दा धेरै सिद्धलेक र गंगाजमुनाबाट ४÷४ वटा विद्यालय छनोट भएका छन् भने,उत्तरी धादिङको खनियाबासबाट कुनैपनि विद्यालय छनोटमा परेनन् ।

धादिङबाट छनोट हुनेमा रुवी भ्यालीबाट २ वटा, गजुरीबाट ३, गल्छीबाट २, ज्वालामुखीबाट २, त्रिपुरासुन्दरीबाट २, थाक्रेबाट २, धुनीबेसीबाट ३, नीलकण्ठबाट २, नेत्रावती डवजोङबाट २ र बेनीघाट रोराङ बाट २ विद्यालय छन् ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषणमार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्याएको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे भवन, दुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापन, प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापना गर्ने भएको छ।

तस्विर : श्री पञ्चमुखी माध्यमिक विद्यालय,सिद्धलेक–३,मैदान,धादिङको फेसबुकबाट

यी हुन् धादिङबाट छनोटमा परेका बिद्यालय

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्