सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास

धादिङ,३० भाद्र ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास गरिएको छ । बिहिबार मनपाङखोला सल्यानटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति त्रिपुरासुन्दरी वडा नं १ र २ द्धारा आयोजित एक कार्यक्रमका बिच संघिय सांसद खेम प्रसाद लोहनीले आयोजनाको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै लोहनीले आयोजना बर्षौ सम्मको पहल मेहनत र प्रयासबाट सफल भएको बताउनुभयो । यो आयोजनालार्ई पारदर्शी ढङगले समयमानै सम्पन्न गर्न निर्माण कम्पनिलाई आग्रह गर्नुभयो।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गुरु वुर्लाकोटीले धादिङ जिल्लाको समग्र बिकासको पक्षमा तिन दशक देखि ध्यान केन्द्रित रहेको र अब पनि जनताको पक्षमा रहिरहने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजु उप्रेतिले पार्टीमा अनेकता, विकास र सहकार्यमा एकताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै आयोजनाकी अध्यक्षसपना थापाले आयोजनाको सुखद शिलान्यास गर्न पाएको भन्दै योजना सम्पन्नका लागि अनुगमन र खबरदारी गर्ने बताउनुभयो ।

सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सपना थापाको सभापतित्वमा भएको कार्यक्रममा सांसद लोहनीको प्रमुख आतिथ्य तथा संविधान सभा सदस्य वुर्लाकोटी, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उप्रेती, उपाध्यक्ष देवराज धरेलको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

No description available.

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र गाउँपालिकाको संयुक्त लगानी कुल लागात ३४ करोड ४० लाख ४६ हजार ८ सय १ रुपैया रहेको छ भने आयोजनाबाट त्रिपुरासून्दरी गाउँपालिकाको वडा नम्बर १ र २ को २ हजार ८ सय ९७ घरधुरी लाभान्वित हुनेछन् । नेपाल सरकारबाट ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत जनश्रमदान लगानी रहने आयोजनाले जनाएको छ । सो कामका लागि योजना निर्माणको जिम्मा सगुन कन्सट्रक्सन बुटवलले लिएको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्