टेलिकमले ई–सिम अर्थात इम्बेडेड सिमकार्ड उपलब्ध गराउने तयारी सुरू

नेपाल टेलिकमले ई–सिम अर्थात इम्बेडेड सिमकार्ड उपलब्ध गराउने तयारी सुरू गरेको छ। यसका लागि टेलिकमले बेलायतको मोन्टी युके ग्लोबलसँग सम्झौता पनि गरिसकेको जनाएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई इ–सिम सेवा प्रदानका लागि आवश्यक प्रविधि उपलब्ध गराउने छ ।

पछिल्लो समय मोबाइल निर्माता कम्पनीहरुले हाते मोबाइल सेटमा भौतिक सिमकार्ड हटाउन थालेका छन् । केही दिन अघिमात्रै अमेरिकी टेक कम्पनी एप्पलले सार्वजनिक गरेको आईफोन १४ सिरिजबाट सिमकार्ड ट्रे नै हटाइएको छ ।

तर नेपालमा हालसम्म दूरसञ्चार सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले ई–सिम सेवा शुरु गरिसकेका छैनन् । ई सिम बिग्रने खतरा पनि नहुने र सुरक्षाका दृष्टिले पनि इ–सिम उपयुक्त हुने टेलिकम कम्पनीहरुको दाबी रहेको छ । इ–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्