कोभिडका कारण राप्रपाको महाधिवेशन स्थगित्

काठमाडौं, । राप्रपाको यही जेठमा हुने भनिएको महाधिवेशन स्थगित् भएको छ । अध्यक्ष कमल थापाले कोभिड १९ को महामारी भयावह बन्दै गएकोले महाधिवेशन हाललाई स्थगित् गरिएको जानकारी दिएका छन् ।राप्रपा अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो । कोभिडको कारण घोषित महाधिवेशन स्थगित् भएको हो । र, महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्