प्रथम नेत्रावती डबजोङ ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखी सुरु हुँदै

धादिङ,०२ असोज ।
आगामी मंगलबारदेखी काठमाण्डौमा “प्रथम नेत्रावती डबजोङ्ग ब्याडमिन्टन प्रतियोगिता–२०७९” हुनेभएको छ । मार्पाक भेट्रान्स ब्याडमिन्टन टिमको आयोजना तथा नेत्रावती डबजोङ्ग गाउपालिकाको प्रायोजन र मार्पाक भेट्रान्स फुटसल टिमको सहकार्यमा असोज ४ र ५ गते “प्रथम नेत्रावती डबजोङ्ग ब्याडमिन्टन प्रतियोगिता–२०७९” हुनेभएको हो ।

प्रतियोगिता काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं. ४ मा रहेको हरियाली समाजको कोर्टमा हुने प्रतियोगिता संयोजक गोपी अधिकारीले जानकारी दिनुभयो । जोडिमा खेलाईने प्रतियोगिताको च्याम्पियन हुने जोडीले नगद पुरस्कार सहित १–१ वटा ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेता हुने जोडीले नगद पुरस्कार सहित मेडल र प्रमाणणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको असोज ४ गते उदघाटन भई ५ गते समापन तथा पुरस्कार बितरण कार्यक्रम राखिएको प्रतियोगिता ब्यबस्थापक हस्त ब. गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा नेत्रावती डबजोङका ५ वटै वडाका खेलाडीहरुको सहभागिता रहने गुरुङले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा गाउपालिकाका प्रमुख मेघनाथ रिजाल, वडा नं. १ का बडाध्यक्ष ठाकुर गुरुङ,तारकेश्वर नगरपालिकाका उपमेयर सृजना बुर्लाकोटी (अर्याल) लगायतको उपस्थिती रहने आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्