धादिङ,०२ असोज ।
देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८८२ को नमूना परीक्षण गरिएको थियो । १ हजार ७५३ ले पिसिआर र १ हजार १२९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यही अवधिमा १६१ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार ३९५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ८३० रहेको छ । गत २४ घण्टामा एक संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ।