आगामी निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक तिहाइ महिला उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ,०२ असोज ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा राजनीतिक दलहरूलाई प्रत्यक्षतर्फ एक तिहाइ महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले दलहरूलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय गरेको हो ।

यस विषयमा आयोगले सबै राजनीतिक दलहरूलाई हिजो नै पत्राचार समेत गरिसकेको छ । महिला नेताहरूले भने यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ समेत ५० प्रतिशतको उम्मेद्वार बनाउन माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका थिए ।

महिला सांसद् र नेताहरूले निरन्तर माग र दबाब पछि त्यसबारे राष्ट्रिय सभा र राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रत्यक्षतर्फसमेत एक तिहाइ महिलाको उम्मेदवारी सुनिश्चित गर्न आग्रह गरेको थियो । त्यहीअनुसार निर्वाचन आयोगले उम्मेदवारको मनोनयन गर्दा एक तिहाइ महिलाको सङ्ख्या सुनिश्चित गर्न दलहरूलाई निर्देशन दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्