खाने तेलको मूल्य लिटरमा ५० रूपैयाँसम्म घट्यो

काठमाडौँ,०२ असोज ।
खाने तेलको मूल्य लिटरमा ५० रूपैयाँसम्म घटेको छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएपछि खाने तेलको मूल्य प्रति लिटर २० देखि बढीमा ५० रूपैयाँसम्म घटेको हो ।

एक महिना अघि प्रतिलिटर २ सय ९५ रूपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २ सय ४५ रूपैयाँमा झरेको छ । २ सय ८० रूपैयाँ रहेको तोरीको तेलको मूल्य २ सय ५० रूपैयाँमा झरेको छ । यस्तै २ सय ९३ रूपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २ सय १८ रूपैयाँसम्म झरेको छ ।

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । तर, नेपाल खुद्रा व्यापार सङ्घले भने खानेतेलको मूल्य पुरानै सार्वजनिक गरेको छ ।सरकारले भदौ २३ मा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको थियो ।

सूर्यमुखी, भटमास, तोरी, रायो, सस्र्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई पनि बढाएर सरकारले ९० प्रतिशत पु¥याइदिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्