घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,०३ असोज ।

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्