नेपालमा सुटिङ भएको ‘उचाइ’को पोस्टर सार्वजनिक

काठमाडौँ,०३ असोज ।

नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ ।

राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ ।

नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् । फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताकाे कथा भन्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्