सन्दर्भ सम्मान र पुरस्कारको

धादिङ,०५ असोज ।
संविधान दिवसको अवसरमा विभिन्न स्थानीय तहले कर्मचारी सम्मान गरेका समाचारहरु सार्वजनिक भएका छन् । स्थानीय तहले आफ्नो स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्न पाउनु निकै खुसीको कुरा पनि हो ।

सेवाको सिलसिलामा आफ्नो जिम्मेवारी उचित ढंगले निर्वाह गर्न सक्नु कर्मचारीको पनि सवल पक्ष हो । धेरैजसो कर्मचारीहरुले सरकारी सेवा सुविधा लिएर सेवामा तल्लिन भएको भएपनि सेवा गरिरहेकाहरुकै विचमा प्रतिस्पर्धा भई केही सिमित कर्मचारी पुरस्कृत वा सम्मानित हुनु सम्मानित कर्मचारीको लागि झनै खुसीको कुरा पनि हो ।

देश संघीयतामा प्रवेश गरेयता धेरै स्थानीय तहले कर्मचारी सम्मान गरेका छन् तर, यो वर्ष वा यस अघिका समयमा यस्ता कार्यक्रममा सहभागी हुने र अन्य वर्षहरुमा अनिर्णय भएका स्थानीय तह पनि प्रशस्तै छन् । अहिले पछिल्लो समय कर्मचारी र सेवाग्राहीहरु विचको सम्वन्धमा केही दरारता सृजना भएको छ भने अधिकाँश स्थानीय तहहरुमा सुमधुर सम्बन्ध स्थापित हुँदै गएका उदाहरणहरु पनि छन् ।

कर्मचारीहरु जागिरे हुन् उनीहरु जागिर खान्छन् र घर जान्छन् भन्ने मानसिकतामा कमी हुँदै जानुको मुख्य कारण राम्रा काम गर्नेहरुलाईं सम्मान र पुरस्कृत गर्न सक्षम हुन पनि हो, अहिले स्थानीय तहहरुले जुन प्रकारको अभ्यास गरिरहेका छन् वास्तवमा यो सवल पक्ष हो । राम्रा काम गर्ने विकासका काममा नयाँ आयाम ल्याउन दिनरात नभनि खट्ने वा सेवा प्रदायकलाई सरकारको परिकल्पना अनुसारको सेवा दिन सक्ने कर्मचारी पुरस्कृत गरिनु जनप्रतिनिधिको पनि उदाहरणीय काम हो ।

कतिपय अवस्थामा कर्मचारी वा अन्य जोसुकैलाई दिइएको पुरस्कार वा सम्मानमा आरोप लाग्ने गरेका, एकले अर्काको खण्डन गर्ने गरेका वा आफूले पाउदा सवै ठिकठाक नपाउँदा नराम्रो भयो भन्ने खालको एक प्रकारको समस्या पनि छ ।

यसको समाधान भने दिर्घकालीन रुपमा हुन जरुरी छ । कतिपय अवस्थामा सम्मान पाउन पुरस्कृत हुन सरोकारवालाहरुको होड नै चल्ने गरेका विषयहरु पनि चर्चामा आउने गरेका छन्, पुरस्कृत वा सम्मान कार्यक्रम पछिका समयमा यस्ता कुराहरु चर्चामा आउने गरेका छन् यसको समाधान हुन नसक्नु दुःखद् पक्ष भने हो,आगामी दिनमा यससंग सम्वन्धित व्यक्तित्वबाटै यसको दिर्घकालीन समाधान खोजियोस् ।

हुनत संघीय सरकारबाट पनि यो अवसरमा राष्ट्रपतिको सिफारिसमा ठूला अपराधमा संलग्न भएको प्रमाणीत भएकाहरुसम्मले आम माफी पाउने गरेका छन्, आचरण सुध्रिएका कारण सिमित कारबाहीपछि बाँकी कारबाही मिनाहा गराउने प्रचलन छ यो किन गरिएको भन्ने विषयमा समेत हामीले ध्यान दिइराखेका छैनौं तर, सरकारले निरन्तर काम गरिरहेको छ, यसको प्रभाव सकारात्मक काम गर्न खोज्नेहरुका लागि लाभदायक नै छ ।

यसकारण पनि विशेष दिन वा अवसरमा यस्ता पुरस्कार वा सम्मानले निरन्तरता पाउनु समय सान्दर्भिक हो । यो अर्थमा आगामी दिन यस्ता विषयले अझ प्राथमिकता पाउँदै जानुपर्छ । यसले राम्रा काम गर्नेहरुलाई उत्साहित बनाउन भूमीका खेल्न सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्