गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु : स्थानीयद्धारा बसमा आगजनी, सडक अवरुद्ध

धादिङ,०६ असोज ।
पृथ्वी राजमार्गको गजुरी बजारमा एक स्थानीय बालकलाई बसले ठक्कर दिदा बालकको घटनास्थलमा नै मृत्यु भएको छ । विद्यालय जाँदै गरेको बेला बाटो क्रस गर्ने क्रममा जेव्रा क्रसिङमा नै बसको ठक्करबाट स्थानीय ६ वर्षिय बालक विजय परियारको मृत्यु भएको हो।

काठमाडौंबाट गोर्खातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्वरको बसले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालकको मृत्युपछि स्थानीयको आक्रोसित भिडले बसमा तोडफोड र आगजनी गरेको छ । मृतक बालक गजुरी स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १ मा अध्यानरत विद्यार्थी हुन् ।

स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध गर्दै चालकलाई कारबाही र बालकका परिवारलाई क्षतिपूर्ति माग गरेका छन् । गाडी चालक भने भागेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरुसंग छलफल भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्