लाङ्घाली बहुउद्धेश्यीय सहकारीको १५ औँ स्थापना दिवसमा ५२ जनाद्धारा रक्तदान

धादिङ,०६ असोज ।
श्री लाङ्घाली बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १५ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

श्री लाङ्घाली बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङको सहयोगमा सहकारीको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३ जना महिला र ३९ जना पुरुष गरी ५२ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान ७ बजेदखि दिउँसो २ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

May be an image of 3 people, people standing and text that says "श्री लाडधाली बहुउद्देश्यीय सहक 9५ औ स्थापना दिवसको अव खुल्ला रक्तदान मिति: २०७९ असोज ते स्थान: श्री लाइघाली बहउद्ेश्यीय सहकारी संस्था सहयोगी संस्था नेपाल सगर संघ जिल्ला समन्वय समिति, धादिड प्राविधिक सहयोग तेपाल रेडक्रस सोसाइ सत्वार केन्द्र धादिड"

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्