नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज,खेल बेलुका ५ः३० बजे

धादिङ,११ असोज ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने खेल बेलुका साढे पाँच बजे सुरु हुनेछ ।एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ ।

सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो । यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् ।photo:All Nepal Football Association-ANFA

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्