घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ९ सय सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्