लुम्बिनी प्रादेशिक अस्पतालमा थप १० संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् । छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्लिनिकमा, दुई जनाको धागो कारखानाको कोभिड विशेष अस्थायी अस्पतालमा र एकजनाको इमर्जेन्सी वार्डमा भर्ना गर्न नपाउंदै मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार जेठ २ गते बिहान कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका इस्मा–४ गुल्मीका ४५ वर्षका पुरुषको बिहान ८ः४४ बजे मृत्यु भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्